ठमेलको एक होटलमा बालिका बलात्कार, आरोपी फरार

काठमाडौँको ठमेलस्थित एक होटलमा बालिकामाथि बलात्कार भएको छ । सञ्चयकोश भवन नजिकैको एक होटलमा १९ वर्षीया बालिकालाई एकजना पुरुषले बलात्कार गरेका हुन ।
बलात्कारका आरोप लागेका विदुर शर्मा फरार छन । उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन । दोलखाका ४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
जागिर लगाइदिने प्रलोभन देखाएर वैशाख १९ मा होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन । आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।