मकवानपुरमा ३५ किलो गाँजासहित ५ जना पक्राउ

लागु औसध गाँजा सहित पक्राउ परेका राप्ती नगरपालिका-१ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ

मकवानपुर । मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलिले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका-६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

चितवनबाट हेटौंडा आउँदै गरेको बा८ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा सवारले झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने चितवनको राप्ती नगरपालिका-१ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।