झापामा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

संकेत तस्वीर लाइका खबर

झापा । झापामा ट्याक्टरकाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ । दमक नगरपालिका-१० जहदामा बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको हाे । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अन्दाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन्।

घाइते भएका ताजपुरियाको उपचारको क्रममा दमकस्थित एडभान्स अस्पतालमा बुधबार साँझ साढे ६ बजे निधन भएकाे प्रहरी कार्यलयले जााकमरी दिएकाे छ ।

बुधबार साँझ साढे ५ बजे मे१त ३७४६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो। ट्र्याक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले बताएकाे हाे ।