कस्तो अवस्थामा पानि पिउनु खतरा हुन्छ ?

मानव जीवमा पानिको महत्वपुर्ण आवश्यकता हुन्छ । पानि नभएसम्म कसैको पनि जीवन कल्पनासम्म गर्न सकिदैन । पानि समय समयमा पिइरहनु पर्छ । तर, यसलाई पनि पिउने तरिका नजानेमा स्वास्थ्यमा नकरात्मक असर पर्न सक्छ ।
आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।
निम्न अवस्थामा पानी खानु हुँदैन-

  • कतै बाहिरबाट हिँडेर आउनासाथ
  • कुनै काम गर्दा बेस्कन थाकेको बेला
  • कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला
  • कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ
  • ओच्छ्यानमा पल्टिएको बेला
  • दिसा वा पिसाब गरेर आउनासाथ
  • दूध खाइरहेको बेलामा
  • चिया खादैँ गरेको बेलामा
  • चना खाइरहेको बेलामा
  • कुनै पनि भोजन गरिरहेको बेला
  • भोजन गरी सक्ने बित्तिकै
  • व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने

माथि उल्लेखित अवस्थामा बिर्सेर पनि पानी पिउनु हुदैँन । यसको साटा ति काम गरेको केहि समयपछि र व्रत सकिनासाथ थोरै पानी पिउने र बिस्तारै मात्रा बढाउँदै लानु पर्दछ ।
होइन भने यसले स्वास्थ्यमा नकरात्क असर गर्छ । हरेक भोजनहरुलाई सन्तुलन गरी सेवन गरे जस्तै गरी पानिलाई पनि सहि तरिकाले पिउनुपर्छ ।