सर्लाहीमा विद्यालयको पछाडि गोली चल्दा एक जना घाइते

file photo

सर्लाही

बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालयको पछाडि एक पुरुषलाई गोली लागेर गम्भीर घाइते अवस्थामा छन् ।
घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ ।
गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएकोे छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुलेको छैन् ।
उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरीले बताएका छन् । घाइते भारतीय नागरिक भएको आशङ्का रहेको छ ।