सुर्खेतका एक युवाकाे नेपालगञ्जमा शव फेला

file : photo

नेपालगञ्ज । नेपालगञ्जकाे उपमहानगरपालिका- २०, राँझा विमानस्थलकाे पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर भएका ३० वर्षीय बालकृष्ण वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक छैन । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।