जबरजस्ती करणी संगै लुटपाट गरेको आरोपमा दुई जना भारतीय पक्राउ

file photo

धनगढी । बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा दुई जना भारतीय नागरिक प्रकाउ परेका छन् ।

बझाङको केदारस्युँ गाउँपालिका-५ मा ४ चैतमा बेलुकीपख खेतमा महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोपमा कालङ्गा हाइड्रोपावरमा काम भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको हो ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल प्रान्त माल्दा जिल्लाका २९ वर्षीय बिजय राजवंशी र २२ वर्षीय सन्तान मुर्मु भन्ने सनातन मुर्मु रहेको जानकारी गराएका छन् ।
उनकाअनुसार पक्राउ महिलामाथि जबरजस्ती करणी गरेर नाकमा लगाएको सुनको नथिया, कानका रिङ, घाँटीमा लगाएको तिलहरी र मंगलसुत्र गरी कुल ३ तोला ४ आना बराबरको गरगहना लुटेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर दुवै जनालाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।