साेमबार बुटवलमा चार जना नक्कली परिक्षार्थी पक्राउ

file photo

बुटवल । बुटवलमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेकाे प्रहरी कार्यलयले जानकारी दिएकाे छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ढगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र सोही ठाउँका १९ वर्षीय महिप बर्मा गरी चार जना रहेका छन् । हाल पक्राउ परेका ४ जनालाई सार्वजनिक कसुर अन्तर्गत अनुसन्धान सुरु भएको केसीले बताएका छन् ।