नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई ५ सय ९० थान हतियार हस्तान्तरण

काठमाडौँ । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० थान हतयिार हस्तान्तरण गरेको छ । प्रधानसेनापती प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानरिीक्षक शैलेन्द्र खनाललाई आइतबार पाँच सय ९० नाल हतयिार हस्तान्तरण गरेका छ्न् ।

सेनाको जनसम्पर्क तथा सूचना नर्दिेशनालयका जंगी अड्डाका अनुसार रक्षा र गृहसचवि, नेपाली सेना र सशस्त्र प्रहरीका अधकिारीहरूको उपस्थतिमिा हतयिार हस्तान्तरण गरएिको हो । शस्सत्र प्रहरी बल, नेपाललाई तालमि, वशिष्टि र अतविशिष्टि व्यक्त सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू संचालन गर्ने प्रयोजनका लागि सरकार, मन्त्रपिरषिद्को मिति २०७८ चैत्र २४ गतेको निर्णय अनुसार नेपाली सेनाले सहयोग स्वरुपमा ईन्सास राइफल नाल नौ हजार र एलएसडब्ल्यू नाल एक हजार छ सय गरी कूल १० हजार ६ सय नाल हतयिार उपलब्ध गराउने छ । सोही अनुरुप, आज पहिलो चरणमा ईन्सास राइफल नाल पाँच सय र एलएसडब्ल्यू नाल ९० गरी कूल ५ सय ९० नाल हतयिार हस्तान्तरण गरएिको छ ।

सेनाले बाँकी हतयिार तथा एम्युनसिन क्रमश हस्तान्तरण गर्दै लगनिे जनाएको छ । सेनाले दिएको हतयिारले यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभविृद्ध हुने छ । यस्ता कार्यक्रमले सुरक्षा निकायबीचको सम्बन्ध समेत थप बलियो हुने छ ।