पाकिस्तानी प्रम इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पास, इमरान पदमुक्त

Pakistani PM Imran Khan

स्लामावाद : पाकिस्तानको राष्ट्रिय सभाबाट प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पास भएको छ । प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका छन् । इमरान खानको पार्टीका सांसदहरुले भने मतदान बहिष्कार गरेका थिए ।

नेशनल एसेम्बलीका सभामुख असद कैसरले प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्न अनुमति नदिएपछि पाकिस्तानका प्रधानन्यायाधीशले १२ बजे सर्वोच्च अदालतको ढोका खोल्ने निणर्य गरेका थिए । यस्तो अवस्थामा अदालतको आदेशपछि मध्यरातमा अविश्वासको प्रस्तावमा मतदान भएको हो ।

इमरान खानको सरकार ढलेपछि पाकिस्तानको भावी प्रधानमन्त्री शाहबाज शरीफ हुन सक्ने देखिएको छ । विपक्षी दलले प्रधानमन्त्री पदका लागि शाहबाज शरीफलाई प्राथमिकतामा राखेका छन् । अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री पदबाट हट्ने इमरान पहिलो प्रम हुन् ।

प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री निवासबाट बाहिरीसकेका छन्। राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमाथि कारबाही भइरहेको समयमा नै उनी प्रम निवासबाट बाहिरिएका थिए।

राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल-एनका अध्यक्ष शाहबाज शरीफले आज पाकिस्तानले संविधान र कानूनको पुनर्स्थापना गर्न चाहेको बताए । एबीपी न्युज