मन्त्रालयमा भएकाे फोहोरकाे थुप्राे सफा गरे – मन्त्री आले

मन्त्री प्रेम आले

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका कामहरु भइरहेको जानकारी दियका छन ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताएका हुन् । उनले आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डङ्गुरहरु रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताए । आफू राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्ने गरी काम गर्ने बताए ।

मन्त्री आलेले सर्वहारा र श्रमजीवी वर्गको हक हितको पक्षमा आफू सधै उभिने बताए ।