फोहोरबाट बिजुली र ग्यास उत्पादन गराै – प्रधानमन्त्री देउवा

file photo

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने जनाएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने जनाएका हुन् ।

देउवाले फोहोरको उचित व्यवस्थापन गर्न सके मात्रै पनि कतिपय रोगहरुको निवारण हुने जानकारी दिएका छन ।

फाेहाेर व्यवस्थापन गरेर त्यसको ट्रिटमेन्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्यास निकाल्न सकिने सम्भावना बढेको छ । यो काम नेपाल आफैंले गर्नसक्छ । विदेशी पनि इन्भेस्टमेन्ट गर्न तयार छन्,’प्रधानमन्त्री देउवाले भने, ’काठमाडौं जस्तो सुन्दर सहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । यसलाई डम्पिङ साइटभन्दा पनि यसलाई ट्रिटमेन्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔं ।’