माओवादी केन्द्र परीत्याग गरेका महराका स्वकिय सचिव एमालेमा प्रवेश

file photo

काठमाडौं । चैत ८ गते नेकपा माओवादी केन्द्रका परित्यगको घोषण गरेका कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् । शर्मा संगै उनकि पत्नि पनि एमालेमा प्रवेश गरेकी छिन ।
माओवादी केन्द्रका घोराही उपमहानगर अध्यक्षको जिम्मेवारीमा रहेका शर्मासँगै उनकी पत्नि सीता चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा स्वागत गरेका हुन् ।
‘एमालेको विचार, राजनीति र कार्यदिशा ठिक लागेको हुँदा हामी माओवादी परित्याग गरी एमालेमा पार्टी प्रवेश गरेको शर्माले बतााएका छन । शर्माले माओवादीमा २३ वर्ष जति विभिन्न पदमा रहेर काम गरे पनि अहिलेको अवस्थामा नेकपा माओवादीले गरेको कामहरुमा असन्तुष्ट भएको भन्दै केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमालेमा प्रवेश गरेको जानकारी गराएका छन ।
शर्माकी पत्निलाई माओवादीले २०७४ सालको स्थानीय तहको निर्वाचनका क्रममा घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएको थिया । उनी माओवादीको जिल्ला कमिटी सदस्य समेत रहेकी थिइन ।