एमालेले चुनावकाे २१ दिन अगाडीमात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने

file photo

काठमाडौं । नेकपा एमालेले आगामी वैशाख ९ गते चुनावकाे २१ दिन अगाडीमात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएकाे छ ।

एमालेले वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै २१ दिनअगाडि चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका छन ।

उपसचिवका अनुसार पोलिटब्यूरो बैठकमा २१ जना सदस्यले धारणा राखेका छन्। ‘चुनावी तालमेल गरेर जाने सन्दर्भमा ठोस धारणा अझै बनेको छैन। बाम एकता तालमेल होइन। आफ्नै शक्तिमा विश्वास गर्छौं। सम्भव भएका ठाउँहरुमा अन्य शक्तिसँग तालमेल हुन सक्ने बताएका छन ।