अहिलेसम्म नतिजा आएका १२ पालिकामध्ये एमालेले जित्यो आधा

अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ । जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ ।

त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ । त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा जित हात पारेको छ । जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०६ वटामा अगाडि छ ।

त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १३ वटामा अगाडि छ । अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन् ।


नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङको मनाङ ङिस्याङ गाउँपालिका : नेकपा एमालेका कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका : नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिका : नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
मनाङको नार्पा भूमी गाँउपालिका : नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका : नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका : नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
डोल्पाको छार्का साङतोङ गाउँपालिका : नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका : नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी

नेकपा माओवादी केन्द्र
डोल्पाको जगदुल्ला गाउँपालिका : नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी

https://www.setopati.com/election/localelection/270666