गठबन्धनमा पाँचवटा बाँदर छन्, मतपेटिका खोस्न सक्छन् सतर्क हुन जरुरी छः अध्यक्ष ओली

काठमाडौँ
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिमा भएका बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप समेत लगाएका छन् ।

पशुपतिमा फूलपाती लिएर गयौँ भने जसरी फूलपातीको टोकरी बाँदरले खोसेर लान खोजछन्,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदरले मात्र आउँछ भने यहाँ त पाँचवटा बाँदर छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनु हुँदैन ।’ गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यस तर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाब दिएका छन् ।

‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ ओलीले भनेका छन् ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति रहेको छ । एमालेले पार्टी मात्रै होइन की लोकतन्त्र सम्मेत जित्ने कुरा छ । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौँ । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’