आज सुदूरपश्चिमको धनगढीमा गठबन्धनको चुनावी सभा: देउवा र प्रचण्डले सम्बोधन गर्ने

आज सुदूरपश्चिमको धनगढीमा रङ्गशालामा विहान ११ बजे देखी चुनावी आमसभा हुँदै छ । यस गठबन्धनमा शीर्ष नेता प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी आई पुगिसकेका छन् ।

देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बाँस बसेका थिए भने प्रचण्ड धनगढीको रुबस होटेलमा बास बसेका थिए । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने छन् ।

धनगढीमा गठबन्धनबाट काँग्रेस नेता नृपबहादुर वडा मेयरमा र माओवादी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार रहेका छन् । उनीहरुलाई मत माग्न शीर्ष नेता धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न गएका हुन् । धनगढीको चुनावी सभापछि प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा कार्यक्रम जाने भएका छन् ।

प्रचण्डले भने धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने छन् । उनी कञ्चनपुरको बेलौरी र बैतडीकाे कार्यक्रम जानेभएका छन् ।