तलब दिनुपर्छ भनेर सरकार शिक्षक थप्न मान्दैन : गगन थापा

काँग्रेसका महामन्त्री गगन कुमार थापा

काठमाडौँ | काँग्रेस महामन्त्री गगन कुमार थापाले देशभरीका विद्यालयमा ५० हजार शिक्षक आवश्यक भएको तर सरकारले तलब दिनुपर्छ भनेर शिक्षक थप्न नमानेको आरोप लगाएका छ्न् ।

सोमबार आयोजित एजुकेसन समिटमा कार्यक्रममा धारणा राख्दै थापाले तथ्यांकअनुसार शिक्षक थप्नु पर्ने देखिए पनि तलब दिनुपर्ने भनेर सरकारले थप्न नचाहेको बताए ।

थप्दै थापाले भनेका छ्न्, कस्तो हेडमास्टर राख्ने, विद्यालय व्यवस्थापन कस्तो बनाउने, समुदायको भूमिका कस्तो हुने, संघ र स्थानीय सरकारले कस्तो सहयोग गर्ने भन्नेबारे नीति भएको उनले बताए । विश्वविद्यालयमा हुने गरेको भागबन्डालाई निमिट्यान्न पार्न ऐनबाट सकिने थापाले बताए ।

सामुदायिक विद्यालयका ९० प्रतिशतभन्दा बढी प्रधानाध्यापकहरु राम्रै रूपले चेतनशील र राजनीतिक दलसँग आबद्ध भएको उनले बताए । विद्यालयलाई राजनीतिबाट अलग राखेर तिनले राम्रो काम गरेका उदाहरण पनि भएको थापाको भनाइ छ ।