एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन भ्रमणमा

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहितको टोली चिन भ्रामण जाने भएको छ । सोमबार बिहान ९:३० बजेको उडान मार्फत चिन तर्फ उडान भर्ने एमाले प्रचार बिभाग उपप्रमुख विष्णु रिमालले जानकारी दिए ।

उक्त भर्मणमा, एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।

चीनको युनान राज्यको कुनमिङ सहरमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन एमाले टोली भ्रमणमा जान लागेको हो । उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको एमाले स्रोतले बताएको छ । उनीहरु सीपीसीको निमन्त्रणामा जान लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको तयारी भइरहँदा एमालेको टोली चीनतर्फ गएको हो । अर्को साता चिनियाँ विदेशमन्त्री यी नेपाल आउँदै छन् ।