प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेट वार्ता

चैत १३ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगाय सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा पनि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग चासो राखेको सचिवालयले बताएको छ ।