रास्वपाले ११ बजे केन्द्रीय समिति बैठक बस्दै

फागुन १५, काठमाडौं । रास्वपाले आज बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले बताएका हुन ।

अर्यालका अनुसार बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा कसलाई मत दिनेबिषयमा छलफल हुनेछ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।

फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ । यस्तै चितवन- २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने अर्यालको भनाइ छ ।