बालेनलाई करिश्माको प्रश्न : स्ट्रिट फुड व्यवस्थापनमा लाग्ने कि प्रतिबन्धतिर ?

काठमाडौंमा हैजा संक्रमण हुनसक्ने भन्दै सडकमा पानीपुरी, चटपटे र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक्न लगाएको छ ।

स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको पैदलमार्गमा यो कार्यलाई लिएर बहस भइरहेका छन् ।

यस बिसयमा अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धर पनि जोडिएकी छन् । स्ट्रिट फुड र सामान बेच्न चलन हरेक मुलुकमा हुने बताउँदै करिश्माले व्यवस्थापनतर्फ लाग्ने कि प्रतिबन्धतर्फ लाग्ने भन्दै प्रश्न गरेकी छन् ।
सामाजिक सञ्जालमा करिश्माले लेखेकी छन्, ‘व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ ? कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?

करिश्माले उत्कृष्ट जीवन बाँच्ने नागरिकको सपनालाई मार्गनिर्देशन गर्ने दायित्व राज्यको हुने भन्दै े सतर्क पनि जनाएकी छन् । उनी अगाडि लेख्छिन्, ‘ठीक छ यसरी नै यो समस्याको दिगो समाधान यसरी नै हुन्छ भने भन्नु केही छैन । तर अहिले हेर्दा यो चाहिं बनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नुजस्तो देखियो ।’