यदी एक-अर्काको निमित्त जन्मिनुको कुनै उदारहण हुन्थ्यो भनें !

शहीद जगतप्रकाश जङ्ग शाह ( कृतिराज्य लक्ष्मीका छोरा ) तथा रश्मी राज्यलक्ष्मी शाह

शहीद जगतप्रकाश जङ्ग शाह ( कृतिराज्य लक्ष्मीका छोरा ) तथा रश्मी राज्यलक्ष्मी शाहको बिवाह विवाह २००२ सालमा भयो । रश्मी राज्यलक्ष्मी नाटककार बालकृष्ण समकी छोरी हुन् ।

धर्मभक्त माथेमासँग सानैदेखि उठबस भएको हुँदा जगत प्रकाश जङ्ग शाह राणा शासनको बिरोधी थिए । उनले बसन्तपुर चौतरिया र मुख्य चौतारियाको रोलवाला जस्ता मान र पदवीसमेतको वास्ता गर्न छाडिदिएका थिए । छोटकरीमा भन्नुपर्दा – पछि उनलाई एक गेष्टहाउसमा गोली हानी हत्या गरियो ।

रश्मी शाह आफ्नो पतिको राजनैतिक बिचारसँग सहमति राख्थिन्‌ । रश्मी शाहलाई २०१७ साल पौष १ गतेको परिवर्तनपछि पश्चिमका किसानहरुले चलाएको आन्दोलनलाई सहानुभूति दिएको आरोपमा करिब डेढ वर्ष जेल राखियो । जेल मुक्त भएपछि उनी कलकत्ता पुगिन्। उनलाई विश्वास थियो उनका पति जीवितै छन् । र क्रान्तिमा कार्यरत छन् । त्यसपछि उनि शहीद भएको कुरा ६/७ महिनापछि मात्र थाहा पाईन । पति वियोग सह्य भएन । २०१८ सालको तीजको दिन राता वस्त्र र रातो सिन्दुर लगाएर कलकत्तामा आफू बसेको कोठा बन्द गरि निन्द्राको औषधि खाएर आत्महत्या गरिन् ।

आत्महत्या गर्नुअघि सुवर्ण सम्शेरलाइ नेपालको राष्ट्रपति भनेर सम्बोधन गरिएको एक पत्र भेटिएको थियो ।


– अर्जुन पौडेल / नेपाली हाँस्यचित्र संस्थान