निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहन्छ : करिश्मा मानन्धर

२ असार, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले वसन्तपुरमा अनसनमा रहेकी निहारिका राजपुत र उनको छोरालाई ‘एडप्ट’ गर्न बताईकी छ्न् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन् ।

करिश्माले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको र उनी अनसनरत स्थानमा जान समेत आँट नआएको स्रोतलाई बताइन् । बिहीबार निहारिकालाई आफ्ना म्यानेजरले भेटेर केही आर्थिक सहयोग समेत गरेको उनले जानकारी दिइन् ।

करिश्माले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाइ विनोदजी म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयौ भने दुई जना हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’ मान्नधरले बताईन ।

निहारिका र उनको दूधेबालकलाई ल्याउने प्रक्रियाका लागि सहजीकरण गरिदिन आफूले नेकपा एमालेका सांसद गंगा चौधरी र विमला विकलाई भेटेर आग्रह समेत गरेको उनले बताइन् ।

आफू १७ वर्षकी हुँदा नशालु पदार्थ खुवाएर जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको निहारिकाको भनाइ छ । बलात्कारपछि गर्भवती भएकी उनी त्यसयता निरन्तर न्यायको लडाइँमा छिन् ।

श्रेष्ठलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएपछि त्यसविरुद्ध उनले अहिले उच्च अदालत, जनकपुरमा मुद्दा दर्ता गराएकी छन् ।