‘कबड्डी ४’को ३० मिनेटसम्मको दृश्य खिचेर फेसबुक र टिकटकमा

काठमाडौं । पछिल्लो समय सीन्य क्षेत्रमा हलमा पदर्शन भईरहेका चलचित्रको क्यामराले खिचेर समाजिक सन्जालमा सेयर गर्नु चलचित्र उधोगलाई हैरान बनाएको छ । यस्तै शुक्रबारबाट पदर्शनमा आएको नेपाली चचित्र “कबडी ४” त्यसैको सिकार बनिरहेको छ । यसै कुरालाई ध्यानमा राखेर फिल्म प्रदर्शन भइरहँदा मोबाइलले खिचेर टिकटकमा अपलोड गर्ने क्रम बढेपछि नेपाल चलचित्र संघले यसमा कडाइ गर्न हलहरुलाई निर्देशन दिएको छ ।

संघका महासचिव अशोक शर्माले सम्बिन्धत सिनेमा हललाई पत्राचार गर्दै फिल्मका दृश्य खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे कानुनी कारबाही हुनेतर्फ सचेत गराएका छन् ।

अहिले हलमा प्रदर्शन भइरहेको ‘कबड्डी ४’का फुटेज टिकटक, युट्युब र फेसबुकमा दर्शकले पोस्ट गरिरहेका छन् ।

साथै, यस्तो कार्यलाई कडाइका साथ रोक्न समेत पत्रमा आग्रह गरिएको छ । गैरकानुनी कार्य रोक्ने दायित्व सिनेमा हलको पनि भएकाले यसतर्फ सोच्न उनले आग्रह गरेका छन् ।

फिल्मको महत्वपूर्ण दृश्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती आउन थालेपछि निर्देशक, निर्माता, कलाकार र फिल्म लेखकले समेत विरोध गरिरहेका छन् । चलचित्र समीक्षक समाजका पूर्वअध्यक्ष यज्ञशले यस्तो कार्यले फिल्मको व्यापारलाई मात्र हानी नपुगेर प्रतिलिपि अधिकारको हनन् हुने समेत बताएका छन् ।

अभिनेता दयाहाङ राईले समेत शनिबार हलहलमा पुगेर दर्शकलाई भेट्दै मोबाइलबाट फिल्म नखिच्न आग्रह गरेका थिए । ‘मोबाइलबाट फोटो खिच्दा अन्यलाई र तपाईं स्वयंलाई डिस्टर्ब हुनसक्छ,’ उनले भने ।

‘कबड्डी ४’को ३० मिनेटसम्मको दृश्य खिचेर फेसबुक र युट्युबमा पोस्ट गरेको पाइएको निर्माताले जनाएका छन् ।