बजेट भाषण: सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौँ | सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष ०७९/८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षकलगायत सबै सरकारी निकाय कर्मचारीको तलब वृद्धि गरिएको बताएका छ्न् । यस्तै, सरकारले उनीहरूको महँगी भत्ता पनि निरन्तरता दिईरहने भएको छ ।

तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो जलिरहेको अवस्थामा

पोखरा | आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको ट्वीनटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएको छ । सेनाका मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ- २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएका छ्न् । विमानमा अहिले पनि आगो […]

प्रत्यक घर/परिवारलाई सरकारले विद्युतीय चुलो अनुदानमा दिने

काठमाडौं । सरकारले प्रत्येक घर परिवारलाई एउटा विद्युतीय चुलो अनुदानमा दिने भएको छ । आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय चुलो अनुदानमा दिने घोषणा गरेका हुन् । उनका अनुसार स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा दिइनेछ ।

अब किसानहरुलाई पेन्ससन दिईने

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेको छ । ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ ।’ उनले भनेका छन् । यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिने पनि बताईएको छ । उनले भने, ‘कोष स्थापना […]

नयाँ बानेश्वरको संसद भवनमा आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरु

आर्थिक बर्ष २०७९/८० को बजेट भाषण सुरु गरेका छन् । नयाँ बानेश्वरको संसद भवनमा संघीय संसदको दुवै सदनमार्फत बजेट प्रस्तुत गर्न सभामुख अग्नि सापकोटाले अनुमति दिएका थिए । सभामुख अग्नि सापकोटाको अनुमतिसँगै अर्थमन्त्री जनार्दन शर्माले बजेट बाचन सुरु गरेका छन् ।

पोखराका मेयरले रोपेको फूल शनिवार राति चोरी

कास्की – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पदबहाली गर्दा रोप्नु भएको फूल शनिवार राति चोरी भएको छ । मेयरले रोप्नुभएको सहित अन्य फूलहरू पनि चोरी भएको स्थानीयवासीले जानकारी दिएका छन् । पोखरा ५ जिरो किलो मिटर देखि ७ र ६ को हलन चोक सम्मको डिभाइडरमा पदबहाली ग्रहण अगाडि मेयरसहित अन्य जनप्रतिनिधिले फूल रोपेका थिए । […]

कैलालीको मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ स्थित मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले जानकारी दिएका छन् । चटकपुर-राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु […]

२०७७/७८ मा सर्वाधिक नाफा गर्ने, नोक्सा बेहोरेका ५/५ संस्थानहरू

आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक नाफा कमाउन सफल सार्वजनिक संस्थानहरूमध्ये नेपाल टेलिकम पहिले भएको छ । सात अर्ब १२ करोड ९४ लाख नाफा काउँदै नेपाल टेलिकम पहिलो भएको आर्थिक सर्वेक्षणले देखाएको छ। यी हुन् उच्च नाफा आर्जन गर्ने पाँच संस्थानहरूः नेपाल टेलिकमः सात अर्ब १२ करोड ९४ लाख नेपाल विद्युत प्राधिकरणः छ अर्ब ९ करोड […]

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दिउँसो साढे १ बजेसम्म पनि सम्पर्क विहीन

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको र त्यस पछि सम्पर्क विहीन रहेको […]

प्रयोगकर्ताका डाटा बेचेको आरोप मा ट्वीटरमाथि १९ अर्ब जरिवाना

काठमाडौं । प्रयोगकर्ताका डाटाहरुको गैरकानूनी तरिकाले प्रयोग गरेको अभियोगमा ट्वीटरमाथि झण्डै १९ अर्ब रुपैयाँ जरिवाना गरिएको छ । अमेरिकाको संघीय वाणिज्य आयोग र कानून मन्त्रालयका अनुसार नियामक निकायहरुसँगको सहमतिको ट्वीटरले उल्लंघन गरेकाले ट्वीटरमाथि १५ करोड डलर जरिवाना गरिएको हो । ट्वीटरले प्रयोगकर्ताका फोन नम्बर तथा इमेल ठेगाना लगायतका निजी जानकारीहरु विज्ञापनदातालाई नदिने प्रतिबद्धता गरेको थियो […]