मोटरसाईकल दुर्घटनामा परी धनुषाका पत्रकार यादवको मृत्यु

धनुषामा मोटरसाईकल दुर्घटनामा परी एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएकाे छ ।

आज बिहान आफैँले चलाएको प्रदेश ०२-००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर-जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्कीदा पत्रकार यादव गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकरी दिएको छ ।

प्रहरी कार्यालयका अनुसार मोटरसाइकलको पछाडि सवार रहेका यादवका छिमेकी लक्ष्मीनारायण यादव घाइते भएको र निजको उपचार सोही अस्पतालमा भइरहेको छ । धनुषाधाम नगरपालिका वडा नं ५ का स्थानीय बासिन्दा रहेका मृतक पत्रकार रेडियो धनुषाधामका सञ्चालक तथा ई-न्युज ब्युरोका कार्यकारी सम्पादक थिए । यो समचार शिलापत्रमा छ ।