मोटरसाइकल दुर्घटना हुँदा पत्रकार यादवको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार यादवको मृत्यु भएको छ । जनकपुरधाम- धनुषामा मोटरसाइकल दुर्घटनामा परेर एक पत्रकारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाधाम नगरपालिका ५ का अन्दाजी २८ वर्षीय विनय यादवको मृत्यु भएको बताएको छ ।
उनी रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक थिए ।
आज (मंगलबार) बिहान करिब ४ बजेको समयमा जनकपुरधाम-ढल्केवर सडकखण्डमा जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश ०२-००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थितमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।


दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए ।
यस्तै, मोटरसाइकलमा पछाडि सवार ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ ।
यस घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।