वीरेन्द्रनगरको ज्वाला टेडर्सको गोदाम र यज्ञपिस बोर्डिगंमा एकै पटक आगलागी

वीरेन्द्रनगरको ज्वाला टेडर्सको गोदाम र यज्ञपिस बोर्डिगंमा एकै पटक आगलागी भएकाे छ । वीरेन्द्रनगर ६ मा रहेको ज्वाला टेडर्सको गोदाममा आगलागी भएको छ । आज दिउँसो करिब २ बजे आगलागी भएको हो । ज्वाला टेडर्सको गोदाम र नजिकै रहेको यज्ञपिस बोर्डिगं स्कुलमा पनि आगलागी भएको छ । स्थानियहरुले स्कुल सफा गरी फोहोर जलाउने क्रममा यो आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । करिब १ घण्टा सम्म लगातार लागेको आगो नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाको दमकमल डिभिजन बन कार्यालयको ट्यांकर, सुर्य सटिंग सेवाको ट्यांकर, नेपाल आयल निगमको दमकल खटिएका थिए । यो घटनामा कति सम्मको क्षेती भयो भन्ने एकिन भै सकेको छैन । ।