इतिहासमै पहिलोपटक कतारका राष्ट्रप्रमुख नेपाल भ्रमणमा

इतिहासमै पहिलोपटक कतारका राष्ट्रप्रमुख नेपाल भ्रमणमा अाउने भएका छन । कतारका राष्ट्रप्रमुख अमिर शेख तामिम बिन हमाद अल थानीले इतिहासमै पहिलोपटक नेपाल भ्रमण गर्ने भएका छन । उनले आगामी वैशाख ११ र १२ गते नेपाल भ्रमण गर्ने तय भएको कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले जानकारी दिए ।

राजदूत ढकालका अनुसार नेपाल भ्रमणका क्रममा कतारी अमिरले नेपालका राष्ट्रप्रमुख रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा ११ वटा विभिन्न सम्झौता गर्ने तयारी भएको उनले बताए ।

अमिर शेख र राष्ट्रप्रमुखका बीच ११ वटा विभिन्न सम्झौता गर्ने तयारी रहेको बताए । भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध थप प्रगाढ हुने विश्वास रहेको ढकालले बताए ।

खाडी मुलुकबाटै पहिलोपटक राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको उनले बताए । नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिइएको उनले बताए ।

‘विभिन्न ११ वटा सम्झौतामा हस्ताक्षर हुने’दयगत यसअघि नै छलफल भइसकेको छ,’ राजदूत ढकालले भने, ‘अझै समय छ, ११ वटामा सम्झौता गर्ने’दयगत ड्राफ्ट तयार भइरहेको छ, सबै नभए पनि कम्तीमा ६-७ वटामा सम्झौतामा हस्ताक्षर हुन्छ ।’

नेपाल जान पाउँदा अमिर पनि खुसी रहेको भन्दै उनको भ्रमणपछि नेपालीका लागि कतारमा थप ढोका खुल्ने बताए । नेपालीहरुलाई थप सेवा हरु हुने पनि बताए ।

यो सुरुवात मात्र हुन् लागेको भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए । राजदूत ढकाल आएपछि दूतावासमा पनि छिटोछरितो काम हुने गरेको सेवग्राहीले बताउने गरेका छन् ।

कतारमा रहेका नेपालका कूटनीतिज्ञ तथा समाजका अग्रज करिव वर्ष दिन अगाडिदेखि नै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका लागि गृहकार्यमा जुटेका थिए । गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल-हमास युद्धका कारण स्थगित भएको थियो ।
त्यसपछि फेरी नेपाल आउने तयारी जुटाएको बताए ।