सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटियो

वैशाख १७, सुर्खेत । बैतडीको पाटन नगरपालिका-६ को पाटन बजारको सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन बजारको कृषि विकास बैंक पछाडिको सडक स्तरोन्नतिका लागि प्रयोग गरिएको गिट्टीमा मान्छेको टाउको भेटिएको हो ।

गिट्टीको थुप्रोबाट रौँसमेत देखिएको मान्छेको टाउको कुकुरले लग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।