दैलेखमा एक महिला मृत फेला

चैत्र १३, दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं २ मा एक महिलाको शव फेला परेको छ । मृत्यु हुनेमा स्थानीयवासी मनोज विक की श्रीमति सुनमाया विक भएको बताईएको छ ।

प्रहरीले सार्वजानिक गरेको रिपोर्ट अनुसार मृत सुनमाया घरबाट झण्डै ८०० मिटर पश्चिममा रहेको जंगलको रुखमा झुण्डिएको अवस्थामा मृत फेला फरेकी हुन् ।

सुनमाया हिजो १२ गते, आइतबार गोठाला गएपछि फर्केकी थिईनन् । नफर्किएपछि आफन्तले खोजतलास गर्ने क्रममा आज १३ गते सोमबार रुखमा कपडाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले उल्लेख गरेको छ ।

मृत फेला परेपछि आफन्तले प्रहरी चौकी बेस्तडालाई खबर गरेका थिए ।

शवलाई पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा पठाईएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।