गायक स्वप्न सुमन निर्देशक दिनेश राउतको फिल्ममा डेब्यू गदै


गायक स्वप्न सुमन फिल्ममा डेब्यू गर्दैछन् । उनले दिनेश राउतको निर्देशनमा बन्ने फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् ।
गायक स्वप्न सुमनलाई फिल्ममा अनुबन्ध गरेको निर्देशक राउतले बताएका छन् ।
‘सहरी क्षेत्रमा देखिने ढोङ प्रवृत्तिको कथामा आधारित फिल्म बन्नेछ । हामीले स्वप्न सुमनलाई अडिसनबाटै छनोट गरेका हौ । अडिसन सकिएपछि उनले ३ महिना अभिनय तालिम गरे । फिल्ममा पात्रको भूमिका निर्वाह गर्न सक्ने भएपछि हामीले अभिनेता सार्वजनिक गरेका हौं,’ निर्देशक राउतले भने ।
फिल्ममा स्वप्न सुमनबाहेक अन्य कलाकारहरु पनि छन जुन सार्वजनिक गरेका छैन । निर्देशक राउतका अनुसार अर्को साताभित्र कलाकारसँगै निर्माण कम्पनीको बारेमा पनि बताइने छ ।
फिल्मको पटकथा विकास सुवेदीले तयार पारिरहेका छन् । फिल्मको वैशाखमा छायांकन सुरू हुने भएको छ ।
स्वप्न सुमन नेपाली सांगीतिक क्षेत्रमा रूचाइएका गायक हुन् ।