नवनिर्वाचित सभामुख देवराज घिमिरेले लिए शपथ


माघ ६, काठमाडौँ । प्रतिनिधि नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।
सभामुखको सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।
उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए ।