कर्णाली प्रदेशका जिल्लामा औषधिको अभाव


माघ ६, सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक आँखासम्बन्धी समस्या लिएर गएका उनले त्यसको औषधि भने पाएनन् ।
औषधि नपाएपछि उनि जाँच गराएर घर फर्किए । स्थानीय स्वास्थ्य संस्थामा सरकारले दिने सबै प्रकारका औषधि अहिले पनि नपाइ्एको उनले बताएका छन् ।
उनले भने ,“एन्टिबायोटिक्स, आँखाको औषधिलगायतका सरकारले निःशुल्क प्रदान गर्ने सबै औषधि पाउन सकिन्न यो विगतदेखिकै समस्या हो ।”
नजिकै सरकार आएपछि ग्रामीण क्षेत्रका नागरिकले स्वास्थ्य सेवा सहज पाउने आशा जुन थियो, त्यो पूरा नभएको उनको भनाइ छ ।
“अहिले नजिकै सरकार आएको छ तर हिमाली जिल्लामा औषधि नपाइने अवस्था कायमै छ । अस्पताल छन्, डाक्टर छैनन्, डाक्टर छन् औषधि छैन” उनले भने ।
यो मिलन विकको मात्रै समस्या होइन कणर्ालीको हिमाली जिल्लाका सबै नागरिकको समस्या हो ।
हिमाली जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीले सबै प्रकारका औषधि सहजै पाउन सक्ने अवस्था छैन ।
पालिकाअन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा औषधि नहुँदा बिरामी मर्कामा पर्ने गरेको हिमाली जिल्लाका वासिन्दाहरुको गुनासो छ ।