कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने


माघ ६, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शर्माले मुख्यमन्त्री भएको १० दिनपछि विश्वासको मत लिने भएका हुन् । आज शुक्रबार दिउँसो बस्ने प्रदेशसभाको बैठकमा उनले आफ्नो सरकारलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव राख्ने छन् ।
प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ ६ गते दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने निणर्य गरेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताएका छन् । माघ ६ गते बस्ने प्रदेशसभा बैठकका लागि सोही दिन बिहान बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले सूची तय गर्ने निणर्य भएको छ । उनले भने, प्रदेशसभामा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेको ४८ घण्टा पछि विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसै अनुसार कार्यसूची तयार पारिएको हो ।