अमेरिकामा भीषण आँधीको तहसनहस, तस्बिरमा हेर्नुहोस्

तस्बिरहरू : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

अमेरिकामा शुक्रबार र शनिबार आएको आँधीले ठूलो क्षति भएको छ । हालसम्म अमेरिकाका ६ राज्य ३० पटकभन्दा बढी आँधीको चपेटामा परेका छन् ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विभिन्न क्षेत्रमा गरी सयभन्दा बढी जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । केन्टकी राज्यमा मात्रै ८० जनाको मृत्यु भएको छ भने धेरै जना अझै भग्नावशेषले थिचिएको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले संकटकाल घोषणा गरेका छन् ।

हावाहुरीका कारण धेरै ठाउँमा भवन भत्किएका छन् । उद्धार टोलीले हावाहुरीको भग्नावशेषमा फसेकाहरूको उद्धार र राहतका लागि त्यहाँका सबैसँग अपिल गरेका छन् ।