तनहुँको अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार बन्ने

दमौली । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माणका लागी । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित केबुलकार निर्माण गर्न लागिएको लिमिटेडका […]

भीम रावल लाई केन्द्रिय सदस्य बनाऔँ – योगेश भट्टराई

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन् । बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् । उनले वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत आग्रह गरेका छन् । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा […]

सेयर बजारमा निरन्तर गिरावट आएपछि, नो-भोट अभियान

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । बजारमा भारी गिरावट आएसँगै आम लगानीकर्ताहरु त्रसित हुन थालेका छन् । दिनहुँजसो भारी गिरावट आउन थालेसँगै लगानीकर्ताहरुले सामाजिक संजालभरि नो भोट अभियान चलाएका छन् । उनीहरुले राजनीतिक दलहरुलाई चुनौती […]

अमेरिकामा भीषण आँधीको तहसनहस, तस्बिरमा हेर्नुहोस्

अमेरिकामा शुक्रबार र शनिबार आएको आँधीले ठूलो क्षति भएको छ । हालसम्म अमेरिकाका ६ राज्य ३० पटकभन्दा बढी आँधीको चपेटामा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विभिन्न क्षेत्रमा गरी सयभन्दा बढी जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । केन्टकी राज्यमा मात्रै ८० जनाको मृत्यु भएको छ भने धेरै जना अझै भग्नावशेषले थिचिएको […]

देउवाले प्रतिनिधिहरूसँगै लाइनमा बसेर खाना खाए

कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिमाझ खाना खाएका छन् । खानाका लागि बफेट सिष्टम र सेल्फ सर्भिसको व्‍यवस्था छ । उनले आफैं लाइन लागेर थालमा खाना राखेर खाएका थिए । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नेतृत्‍व छान्नका लागि सोमबार बिहान ८ […]

दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं – निधि

पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं : निधि २६ मंसिर, काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका छन् । पत्रकारसँगको कुराकानीमा उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् । […]

दुर्गा प्रसाई एमाले केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेकपा एमालेले दुर्गा प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शनिबार बसेको दोस्रो केन्द्रीय कमिटिको बैठकले प्रसाईलाई केन्द्रीय सदस्य बनाएको हो । प्रसाई कार्तिक ७ गते झापाको विर्तामोडमा भएको भव्य समारोहमा एमालेमा प्रवेश गरेका थिए । विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकट रहेका प्रसाई एमाले र माओवादी केन्दको एकतादेखि चर्चामा आएका हुन् […]

अहिले बनाएका गुट महाधिवेशनपछि भत्काउनुपर्छ – गगन थापा

काँग्रेसको १४औं महाधिवेशनमा गगन थापाले पार्टीको महाधिवेशनअघि गुट र समूहहरु बन्नु सामान्य हो । महाधिवेशन पछि ती गुटहरु भत्कनुपर्ने बताएका छन् । आधार भए मात्र कुनै गुटमाको पछाडि हुनुपर्छ । थापाले भने, ‘जो नेतृत्व आउँछ, त्यो जुन गुटबाट निर्वाचित भएपनि निर्वाचित भएपछिको भोलिपल्ट धन्यवाद बैठक राखेर पदीय जिम्मेवारी ग्रहण गर्ने बेलासम्म गुटको बैठकमा आउँदिन भनेर […]

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, चालकको मृत्यु, आठ घाइते

२६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटना […]

देउवा – पौडेल बिच भेट

२६ मंसिर, काठमाडौं । कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै निवास पुगेर भेटेका छन् । प्रधानमन्त्री देउवा र पौडेलबीच पौडेल निवास बोहोराटारमा गएराति ९ बजेतिर भेट भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ । भेटमा देउवाले ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर […]