देउवाले प्रतिनिधिहरूसँगै लाइनमा बसेर खाना खाए

कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिमाझ खाना खाएका छन् ।


खानाका लागि बफेट सिष्टम र सेल्फ सर्भिसको व्‍यवस्था छ । उनले आफैं लाइन लागेर थालमा खाना राखेर खाएका थिए ।

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नेतृत्‍व छान्नका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।