दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं – निधि

पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं : निधि

२६ मंसिर, काठमाडौं ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् ।

आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन आग्रह गरे पनि सभापति शेरबहादुर देउवाले नमानेको बताए ।

सभापतिमा जित हासिल गर्न कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । निधिले सभापतिका उम्मेदवार धेरै भएकाले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याउने दावी गरेका हुन् । ‘दोस्रो चरणमा हामी तीन जनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं’ उनले भने, ‘हामी नेतृत्व परिवर्तनको पक्षमा छौं ।’