माधव नेपाललाई भीम रावलको जवाफ : त्यो बेला १० बुँदामा नअडेको भए…

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमै बसेको भए १० भाइको जस्तै ‘हरिबिजोग’ हुने रहेछ भनेपछि एमाले नेता भीम रावलले जवाफ फर्काएका छन् ।

यसैमा एमाले नेता रावलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । उनले दसबुँदे सहमति गरेर एमालेमै नबसेको भए अहिले देशकै हरिबिजोग हुने रहेछ भनेर जवाफ फर्काएका हुन् ।

रावलले लेखेका छन्, ‘नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने, देश विदेशीको सैनिक अड्डा बनाउने, विदेशीलाई नागरिकता खोल्ने, संविधान मिच्ने, भा गबन्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ।’

एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादी अहिले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा आबद्ध छ।