नेकपा एमाले बराहताल गाउँ अधिबेशन आज, भोटिङ मार्फत अध्यक्ष छानिदै

हिजो देखि सुरु भएको नेकपा एमाले बराहताल गाउँ अधिबेशनको आज बन्दसन्त्र सुरु भएको छ । सर्बसहमत रुपमा पदाधिकारी छान्ने प्रयास गरिएपनी त्यो प्रयास असफल भएको छ । सर्वसहमत निर्णय हुन नसकेपछी आज भोटिङ मार्फत अध्यक्ष उपाध्यक्ष र अन्य पदाधिकारी छान्ने लगभग निश्चित छ । अध्यक्ष पदका आकांक्षी धेरै भएपछि एकले अर्कालाई सर्बसम्मत गराउने कतैबाट देखिएको छैन अध्यक्षको आकांक्षीमा भर्खर एमालेमा प्रबेश गरेका देखि बहालवाला वडा अध्यक्ष संगै पाटीमा लामो समय सम्म काम गरेकाहरु रहेका छन् । अहिले १ बजे सम्मको समय सिमा तोकेर निवार्चन कमिटीले मनोनयन दर्ताको काम गरेको निर्वार्चन अधिकृत हस्तराज गिरिले जानकारी दिए ।

को को छ्न अध्यक्ष पदको दावेदार

अर्जुन बुचा मगर ः उनी लामो समय नेकपा माओबादीमा काम गरी माधब नेपालको नेकपा एसमा प्रबेश गरेका थिए । उनी बराहताल गाँउपालिकाको अध्यक्षको उमेद्वार समेत बनी सकेका छन् । केही समय यता भने उनलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेले टीका लगाई पार्टी प्रवेश गराएका थिए ।
युबराज सलामी ः उनी बराहताल गाउपालिका वार्ड न ९ को बहालवाला वडा अध्यक्ष समेत हुन । लामो समय एमालेमा काम गरेका उनले पनि अध्यक्ष पदको लागि दावी गरेका छन् ।
नन्दराम अधिकारी ः २०५४ साल देखि नेकपा एमालेको संगठित सद्स्य भई तत्कालीन कुनाथरी गाउँ कमिटिको अध्यक्ष, क्षेत्रीय कमिटि अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै पार्टिको बिभिन्न पदमा रहेर काम गरिसकेका छन् ।
लालबहादुर शाही ः उनी बिगत ३५ बर्ष देखी संगठित रुपमा नेकपा एमालेमा रहि काम गर्दै आईरहेका छन् । उनी जिल्ला कमिटी सदस्य समेत भईसकेको छन ।
हाल सम्म अध्यक्षमा ४ जना, उपाध्यक्षमा ३ जना, सचिबमा २ जना, उपसचिवमा ५ जना , र सदस्यमा ३८ जनाको उम्मेद्बारी परेको छ ।