राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु हुँदैइ छ । राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको हो ।

बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति भएका छन् ।

साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा छलफल हुने भएको छ ।