गठबन्धन यो देशका लागि अभिशाप हो ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशकै लागि सत्तारुढ गठबन्धन अभिशाप भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिदै बोले प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले सरकारले गठबनबधन टिकाउन बाहेक अर्को कुनै काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।
गठबन्धनप्रति व्यङ्ग्य गर्दै उनले अगाडि भने, ‘राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप हो ।’
महँगी बढेको छ , किसानले मल पाउँदैनन् तर पनि बेखबर सरकार बन्ने गरेको उनको आरोप रहेको छ । उनले भने, ‘सरकारको एउटै संकल्प गठबन्धन टिकाउनेमात्र छ ।’ देशका लागि गर्नुपर्ने अठोट, संकल्प सरकारसँग केही नभएको उनले बताए ।