बाफलमा २० वर्षीय बिद्यार्थीमाथि चक्कु प्रहार

२० वर्षीय अमन खानमाथि चक्कु प्रहार गर्ने अशोक यादव र सन्तोष यादव।

६ असार, काठमाडौं । काठमाडौं नागर्जुन नगरपालिकाको बाफलमा एकजना विद्यार्थीमाथि चक्कु प्रहार गरिएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुईजनाले चक्कु प्रहार गरेका हुन् ।

वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेले उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएको प्रहरी बताए ।

प्रहरीका अनुसार खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको देखिएको छ ।

‘समूहको विवादमा घटना भएको जस्तो देखिन्छ, दुई जनालाई खोजी गरिरहेका छौं’, घिमिरले भने, ‘अनुसन्धान गरिरहेका छौं ।’ पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको बताएका छन् ।