मेयर बालेनलाई आरजुको प्रश्न- रूटिन अफ नेपाल बन्दलाई कतिमा किन्नु भयो ?

प्रधानमन्त्री पत्नी आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको बताएकी छ्न् ।

बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुले दाबि गरेकी हुन् ।

सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरूले एउटा-एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताइन् ।

‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा-एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’ उनले भनिन्, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’

स्वतन्त्र उठेर जितेकाहरूले कस्तो काम गर्छन् त्यो हेर्न बाँकी रहेको पनि उनले बताएकी छन् ।

‘उनीहरूको काम कस्तो हुन्छ हेर्न बाँकी छ,’ उनले भनिन्, ‘अहिले त स्वतन्त्र उम्मेदवारी दिने लहर नै छ। पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन् । हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा !’