अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बनमा

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ । आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो ।

अखिल क्रान्तिकारीको आइतबारको बैठकमा कुटाकुट भएको थियो ।

कारवाही संगठनविरोधी गतिविधि गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले बताए ।

तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको थियो ।

बैठकमा हो-हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको थियो ।

कार्की सहितका विद्यार्थी नेताहरूलाई बाहिर निकालेपछि क्रान्तिकारीको बैठक सुरू भएको हो ।

बैठकले अखिल क्रान्तिकारीका सदस्य संख्या १२ लाख पुर्‍याउने निर्णय गरेको उनले बताए ।