पाल्पाको रानीमहलमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता

https://www.quotemaster.org/water+rafting File : Photo

पाल्पा | कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गरिरहेको डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको समेत उनले जानकारी दिए ।

रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे पनि बाँकी ६ जना कालीगण्डकी नदीमा बेपत्ता भएका हुन् ।

तल्लो तटीय क्षेत्रमा सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको र माथिल्लो क्षेत्रमा रानीमहलतर्फबाट प्रहरी परिचालन गरिएको छ ।