‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित रवि लामिछान छाडे टेलिभिजन,अब राजनीतिमा होमिने

टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका हुन्। लामिछानेलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै नै बिदाइ गरीसकेका छन् ।

उनले आगामी कात्र्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ आफुले ग्यालेक्सी टिभी छोडेको बताएका छन् । उनले आफु कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट भनेका छैनन् । उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी समेत गरेका छन् ।

न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित भएका रवि लामिछाने पछिल्लो समय आफ्नो समेत लगानी रहेको ग्यालेक्सी टिभीमा सक्रिय थिए । त्यहाँ पनि उनले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गरेका थिए । सिधा कुरामा उनको बिहीबारको एपिसोड अन्तिम रहने जनाएको छ । त्यसपछि उनले त्यस कार्यक्रम आफ्नो सहकर्मीलाई हस्तान्तरण गर्ने भएका छन् ।