पोखराका मेयरले रोपेको फूल शनिवार राति चोरी

कास्की – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पदबहाली गर्दा रोप्नु भएको फूल शनिवार राति चोरी भएको छ ।

मेयरले रोप्नुभएको सहित अन्य फूलहरू पनि चोरी भएको स्थानीयवासीले जानकारी दिएका छन् । पोखरा ५ जिरो किलो मिटर देखि ७ र ६ को हलन चोक सम्मको डिभाइडरमा पदबहाली ग्रहण अगाडि मेयरसहित अन्य जनप्रतिनिधिले फूल रोपेका थिए । तीमध्ये केही फूल शुक्रवार राति र शनिवार राति चोरी भएको छ ।

फूल चोरी भएपछि नगरवासीहरूले सामाजिक सञ्जालमार्फत विरोध समेत गरेका छन् । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका निवर्तमान अध्यक्ष विष्णु हरि अधिकारीले लेख्नुभएको छ, ‘सौन्दर्यताको जगेर्ना गर्ने दायित्व जनताको पनि हैन र ?’